काठमाडौं– देशभर पछिःल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ। स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार पछिल्लो २४ घण्टामा थप ८ सय २१ जनामा कोरोना पुष्टि भएको हो।
हालसम्म संक्रमित हुनेको कुल संख्या २ लाख ४९ हजार २ सय ४४ पुगेको छ। पछिल्लो २४ घण्टामा १५ सय जना निको भएर फर्किएका छन्। हालसम्म कोरोनाबाट निको हुनेको संख्या २ लाख ३६ हजार ५ सय ७३ पुगेको छ।
त्यस्तै, कोरोना भाइरसको संक्रमणबाट थप १८ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ। योसँगै कोरोनाबाट मृत्यु हुनेको संख्या एक हजार ७ सय १६ पुगेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij