काठमाडौं – काठमाडौंको कलंकीमा एउटा ट्रकले ६ वटा सवारी साधनलाई ठक्कर दिएको छ । ठक्करबाट एकजनाको मृत्यु भएको छ । मृतक सडकपेटीमा बस्दै आएका नागरिक भएको प्रहरीले जनाएको छ । हेटौँडाबाट सिमेन्ट लिएर सुकेधारातर्फ जाने क्रममा प्रदेश २ ०३००१ ख १४२० नम्बरको ट्रक ढुङ्गेअड्डा–कलंकी क्षेत्रमा अनियन्त्रित भएको थियो । ट्रकको ब्रेकफेल भएको प्रहरी अनुमान छ ।

सो ट्रकले एउटा ट्याक्सी, एउटा पिकअप भ्यान, एउटा बस, एउटा मोटरसाइकल, एउटा स्कुटर र साइकललाई समेत ठक्कर दिएको थियो । पछि ट्रक बिजुलीको पोलमा पुगेर ठोक्किएको थियो । बिजुलीको पोलसमेत भाँचेर टहरामा पुगेर ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा चालकसहित ६ जना घाइते भएका छन् । जसमध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij