२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

युनाइटेड फाइनान्सले सेयरधनीलाई लाभांश नदिने

युनाइटेड फाइनान्सले सेयरधनीलाई लाभांश नदिने

1.5K
Shares

काठमाडौं -युनाइटेड फाइनान्सले आफ्ना सेयरधनीलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट आफ्ना सेयरधनीलाई कुनै पनि लाभांश वितरण नगर्ने फाइनान्सले जनाएको छ । कम्पनी सञ्चालक समितिको मंसिर २४ गते बसेको बैठकले लाभांश वितरण नगर्ने निर्णय गरेको हो ।

कम्पनीले वित्तीय अवस्था थप मजबुत बनाउनको लागि लाभांश वितरण नगर्ने निर्णय गरेको बताएको छ । युनाइटेडले आर्थिक वर्ष २०७५/७६ मा ७.५३ प्रतिशत नगद लाभांश र ३ प्रतिशत बोनस सेयर गरी १०.५३ प्रतिशत लाभांश वितरण गरेको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij