२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नेप्से १२३ अंकले घट्यो

नेप्से १२३ अंकले घट्यो

3.2K
Shares

काठमाडौं – सेयर बजारको परिसूचक नेप्से आइतबार १२३ अंकले घटेको छ।   साढे २ नबज्दै सेयर कारोबार मापक नेप्से परिसूचक ६ प्रतिशतले घटेपछि आइतबारको कारोबार स्थगन गरिएको हो ।

११ बजेदेखि ३ बजेसम्म हुने कारोबारमा कारोबार खुलको पहिलो घण्टामा ४ प्रतिशतले बजार तलमाथि भए सर्किट ब्रेक लाग्ने र २० मिनेका लागि कारोबार स्थगन हुने व्यवस्था छ ।

पहिलो घण्टा ४ प्रतिशतले, दोस्रो घण्टा ५ प्रतिशत र तेस्रो घण्टा ६ प्रतिशतले घटबढ भएमा सर्किट ब्रेक लाग्ने नियम छ । आइतबार सर्किट ब्रेक लाग्भदासम्म नेप्से परिसूचक ३ दशमलव ३४ अंकले घटेर १९३२ दशमलव ११ अंकमा झरेको छ ।

‘क’ वर्गको कारोबार मापन गर्ने सेन्सेटिभ इन्डेक्स पनि ५ दशमलव ५१ अंकले घटेको छ । कारोबार रकम भने ७ अर्ब नाघेको छ ।

८ हजार ८ सय ५८ कारोबारबाट १९७ कम्पनीका १ करोड ५४ लाख ९० हजार कित्ता सेयर किनबेच भएको छ । जसअनुसार कारोबार रकम ७ अर्ब २० करोड ९१ लाख ८० हजार भन्दा धेरै भएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij