२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिनेबारे सम्झौता

सनराइज बैंक र सानीभेरी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिनेबारे सम्झौता

1.4K
Shares

काठमाडौं – सनराइज बैंक तथा सानीभेरी गाउँपालिकाबीच सहुलियतपूर्ण कर्जा दिनेबारे समझदारी पत्रमा हस्ताक्षर भएको छ। उक्त सम्झौताअनुसार सानीभेरी गाउँपालिकाको अनुरोध/सिफारिसमा कृषक सहकार्य समूह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई सहुलियतपूर्ण कर्जा उपलब्ध हुनेछ।

सांसद जनार्दन शर्मा, बैंक संचालक समितिका अध्यक्ष मोतीलाल दुगड तथा प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्यालको उपस्थितिमा उक्त सम्झौता भएको हो। समझदारीपत्रमा सनराइज बैंक लिमिटेडका तर्फबाट अख्तियार प्राप्त विपन्न वर्ग तथा कृषि कर्जा बिभागका प्रमूख दिपक पण्डित तथा सानीभेरी गाउँपालिकाका तर्फबाट अध्यक्ष नरबहादुर पुनले हस्ताक्षर गरे।

समझदारीपत्रका मुख्य बुँदाहरु:
– सहुलियतपूर्ण कर्जाको लागि ब्याज अनुदान सम्बन्धी एकीकृत कार्यविधी, २०७५ (संशोधन समेत) कार्यान्वयनका लागि उद्यम तथा ब्यवसाय गर्न चाहने समुहलाई परामर्श र उद्यमशलिता सम्बन्धी आवश्यक तालिमको ब्यवस्थापन गर्ने र तालिम प्राप्त कृषक सहकार्य समुह, उद्यमी, फर्म, कम्पनी, तथा सहकारीहरुलाई कर्जाको लागि बैंक समक्ष सिफारिस गर्ने।

– गाउँपालिकाले सिफारिस गरेर प्रवाह भएको कर्जाहरुको असुलीमा समस्या भएमा कर्जा असुली गर्न गाउँपालिकाले बैंकलाई आवश्यक सहयोग गर्नेछ।

– कर्जा जोखिम न्युनिकरणका लागि बैंक मार्फत कर्जा लिएका समुहको व्यवसाय प्राकृतिक प्रकोप विपदजन्य घटनाहरुका कारण क्षति भई ऋणीले ऋण तिर्न नसक्ने अवस्थाका लागि गाउँपालिकाले एक जोखिम न्युनिकरण कोषको स्थापना गर्नेछ।

– बैंकले कर्जा लगानी गरेका ग्राहकलाई एस. एम. एस. लगायतका अन्य प्रकारका सुविधालाई प्राथमिकता दिदै छुट समेतको व्यवस्था गर्नेछ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij