२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु

पोखरामा थप तीन जना कोरोना संक्रमितको मृत्यु

1.8K
Shares

काठमाडौं – कास्कीको पोखरामा तीन जना कोरोना संक्रमितको मृत्यु भएको छ । गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डा. विनोद विन्दु शर्माका अनुसार फिस्टेल अस्पतालमा दुई जना र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा एकजना कोरोना संक्रमितको उपचारको क्रममा मृत्यु भएको हो ।

पोखरास्थित फिस्टेल अस्पतालमा पोखरा महानगरपालिका-१२ का ८० वर्षीय पुरुषको शनिबार मध्याह्न १२:१५ बजे र सोही महानगरपालिका-११ की ७२ वर्षीया महिलाको शुक्रबार राति ८:४५ बजे मृत्यु भएको डा. शर्माले बताए । ८० वर्षीय पुरुषमा मंसिर १६ गते कोरोना संक्रमण पुष्टि भएको थियो भने ७२ वर्षीय महिलामा मंसिर १८ गते संक्रमण पुष्टि भएको थियो ।

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पोखरा महानगरपालिका-१७ का ५७ वर्षीय पुरुषको शनिबार बिहान ४ बजे मृत्यु भएको डा. शर्माले बताए । उनीमा कात्तिक २८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी मधुमेहका बिरामी समेत थिए ।

यससँगै गण्डकी प्रदेशमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या १६६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij