काठमाडौं – सरकारले नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) स्वीकृत गरे संगै थपिएको एक एआइजी दरबन्दीमा बढुवाकोलागी डिआईजी विश्वराज पोखरेल सिफारिस भएका छन । गृहसचिव महेश्वर न्यौपाने अध्यक्ष, प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री सदस्यसचिव र प्रधानमन्त्री कार्यालयका सचिव सदस्य रहेको बढुवा समितिले पोखरेललाई बढुवा सिफारिस गरेको हो । सिफारिसमा परेसंगै पोखरेल प्रहरी महानिरिक्षकका प्रवल दावेदार बनेका छन । गृह मन्त्रालयले तयार पारेको नेपाल प्रहरीको संगठनात्मक संरचना (ओएण्डएम) मा पाँच डिआइजी थप्ने प्रस्ताव भए पनि मन्त्रीपरिषदमा पुग्दा एआइजीको समेत दरबन्दी थपिएको थियो । पोखरेल महानगरिय प्रहरी कार्यालयमा प्रमुखका रुपमा कार्यरत छन ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij