काठमाडौं – मेगा बैंकले आफ्ना ग्राहकका लागि बैंक खाताबाटै डिजिटल भुक्तानी गर्न सक्ने गरी ‘कर्पोरेट–पे’ सेवा सुरु गरेको छ। मेगा बैंकका प्रमुख कार्यकारी अधिकृत अनुपमा खुञ्जेली तथा नेपाल क्लियरिङ्ग हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानले यस सम्बन्धी सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन्।
उक्त डिजिटल माध्यममार्फत बैंकमा नगई रकम स्थानान्तरण, तलब भुक्तानी, भेन्डर पेमेन्ट, सरकारी राजस्व भुक्तानी लगायतका अन्य विभिन्न व्यवसायिक भुक्तानीहरु आफ्नो खाताबाटै सजिलै गर्न सकिन्छ।
कर्पोरेट पेमा आवद्धका लागि ग्राहकले मेगा बैंकमा सम्पर्क गरी ‘कर्पोरेट पे’ प्रणालीको सुरुवातको लागि स्वीकृति लगायतका आवश्यक प्रक्रिया पूरा गर्नुपर्नेछ। सो प्रणालीबाट कनेक्ट आइपिएस अथवा एनसिएचएल–आइपिएसमा रियल–टाइम वा नन–रियलटाइममा समेत भुक्तानी सम्बन्धी कारोबारहरु गर्न सकिने मेगा बैंकले जनाएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij