२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

प्रधानमन्त्री पनि टिकटकमा

प्रधानमन्त्री पनि टिकटकमा

2.5K
Shares

काठमाडौं – नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको पनि टिकटक एकाउन्ट सञ्‍चालनमा आएको छ । युवापुस्तामा लोकप्रिय बनिरहेको भिडियो सेयरिङ एप टिकटकमा प्रधानमन्त्रीले आइतबार एकाउन्ट खोलेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार @kpsharmaoli_official ह्याण्डल सञ्चालनमा आएको हो।

यो एकाउन्ट भेरिफाइडसमेत भइसकेको छ । प्रोफाइलमा प्रधानमन्त्रीको फोटो भने राखिएको छैन । अहिलेसम्म एउटा मात्र भिडियो पोष्ट भएको अकाउन्टलाई समाचार तयार पार्दासम्म ५ हजार बढिले फलो गरेका छन् ।

पहिलो भिडियोका रुपमा प्रधानमन्त्री ओलीले गरेको भाषणको एउटा अंश पोष्ट भएको छ । यसलाई झण्डै दुई लाखले हेरिसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij