काठमाडौं– मेडिकल व्यवसायी दुर्गा प्रसाईंले अहिले मार्सी चामल मिसाएर ‘मार्सी’ बियर नेपाली बजारमा ल्याउन लागेका छन्। उनले भैरहवाको टाइगर ब्रुअरीको बियर फ्याक्ट्री करिब चार अर्बमा किनेका छन्।
टाइगर ब्रुअरीले टेन्सबर्ग बियर बजारमा ल्याउँदै थियो। प्रसाईंले टन्सबर्गसँगै मार्सी बियर पनि बजारमा ल्याउन लागेका छन्। कम्पनीले दुई वटा बियर मार्सी प्रिमियम र मार्सी स्ट्रोङ ल्याउँन लागेको छ ।
हरियो बोत्तलमा मार्सी प्रिमियम र पहेंलो बोत्तलमा मार्सी स्ट्रोङ बियर छन्। साथसाथै क्यान बियर पनि ल्याइने प्रसाईंले बताए। प्रसाईंले तेजेन्द्र खड्काको टाइगर ब्रुअरी किनेका हुन्। प्रसाईं सो कम्पनीका अध्यक्ष बनेका छन्।
७० प्रतिशत जौं र ३० प्रतिशत चामल मिसाएर बियर उत्पादन हुने गरेको छ। जौं डेनमार्कबाट आयात हुँदै आएको छ भने चामल नेपालकै प्रयोग हुने गरेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij