२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

नयाँ बजारमा ग्यास विस्फोट हुँदा ११ जना घाइते

नयाँ बजारमा ग्यास विस्फोट हुँदा ११ जना घाइते

2.2K
Shares

काठमाडौं– काठमाडौंको नयाँ बजारस्थित एक घरमा ग्यास सिलिन्डर पड्किएर आगलागी भएको छ । काठमाडौं महानगरपालिका वडा नम्बर १६ नयाँ बजारस्थित फलफूल चोकमा रहेको नीलकुमारी क्षत्रीको घरमा ग्यास पड्किएर आगलागी भएको महानगरीय प्रहरी परिसर काठमाडौंले जनाएको छ ।

नीलकुमारीको ससुरा केही दिन अघि बितेको र सो घरमा हाल किरीयाकर्म भइरहेको थियो । बिहीबार बिहान ग्यास खोल्दा एकाएक लिक भएर आगलागी सुरु हुन पुगेको जानकारी पाइएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार घटनामा ११ जना घाइते भएका छन् भने त्यसमध्ये २ जनाको अवस्था गम्भीर रहेको छ । घाइतेहरुको पिपुल्स र मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।
४ वटा ग्यास सिलिन्डर विस्फोट हुँदा सो घरमा नराम्ररी क्षति पुगेको छ भने वरपरका केही घरमा समेत सामान्य क्षति पुगेको प्रहरीले जनाएको छ ।
ग्यास विस्फोटपछि भएको आगलागी दमकलको सहायताले निभाइएको थियो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij