२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१ लाख ५० हजार रुपैयाँ बराबरको पटाका सहित पक्राउ

१ लाख ५० हजार रुपैयाँ बराबरको पटाका सहित पक्राउ

1.2K
Shares

झापा – झापाको भद्रपुर नगरपालिका-३ पैतीस लाईनबाट करिब १ लाख ५० हजार रुपैयाँ बराबरको ५८ बण्डल पटाका सहित प्रहरीले एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भद्रपुर नगरपालिका-४ बस्ने ४२ वर्षीय ढाक्रे राजबंशी रहेका छन् ।

प्रहरी चौकी महेशपुर र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ आउँदै गरेको मे.१ ह ३४१३ नम्बरको अटोमा जाँच गर्ने क्रममा उक्त मूल्य बराबरको पटाका फेला पारी चालक राजबंशीलाई पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij