२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सरकारी निर्णय उल्लंघन गर्ने होस्टेल सञ्‍चालिका पक्राउ

सरकारी निर्णय उल्लंघन गर्ने होस्टेल सञ्‍चालिका पक्राउ

920
Shares

कास्की – कास्कीमा सरकारी निर्णय उल्लंघन गर्ने एक होस्टेलकी सञ्‍चालिका कारबाहीमा परेकी छन् । सरकारी निर्णय उल्लंघन गरी पोखरा महानगरपालिका ४, गैह्रापाटनस्थित अलब्राइट होस्टेलमा विद्यार्थीहरू राखेर पठनपाठनसमेत गरी सञ्‍चालन गर्ने सञ्‍चालिका पोखरा महानगरपालिका ८, न्युरोड घर भएकी ३२ वर्षीया सनसरी श्रेष्ठलाई प्रहरीले पक्राउ गरेको हो ।

कोरोना भाइरस (कोभिड(१९) को रोकथाम र नियन्त्रणका लागि नेपाल सरकारद्वारा निषेधित होस्टेल, स्कुल, व्यामशाला, धार्मिक स्थलहरु, बढी भिड हुने स्थानहरु सञ्‍चालन नगर्ने नगराउने निर्णयविरुद्ध कार्य गरेको पाइएपछि उनलाई नियन्त्रणमा लिएर आवश्यक कारबाहीका लागि जिल्ला प्रशासन कार्यालय कास्की पठाइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij