२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ललितपुरमा कोरोना संक्रमित दुईजनाको मृत्यु

ललितपुरमा कोरोना संक्रमित दुईजनाको मृत्यु

1.1K
Shares

ललितपुर – ललितपुरमा थप दुईजना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ । स्वास्थ्य कार्यालय ललितपुरले एक विज्ञप्ति जारी गदै अल्का अस्पतालमा उपचाररत  ७४ वर्षीय पुरुषको आज बिहान मृत्यु भएको जनाएको छ । ती पुरुष गत भदौ १७ गते कलेजोको समस्या देखिएर अस्पतालमा उपचाररत रहेका थिए ।

यसैगरी ललितपुरस्थित मेघा अस्पतालमा उपचाररत ८० वर्षीय कोरोना संक्रमित वृद्धको मंगलबार साँझ ५ बजे मृत्यु भएको छ । उनी सोही दिन दिउँसो अस्पताल भर्ना भएको स्वास्थ्य कार्यालय ललितपुरले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij