२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

कृषिमा नयाँ व्यवस्था आउँदैछः मन्त्री भुसाल

कृषिमा नयाँ व्यवस्था आउँदैछः मन्त्री भुसाल

1.8K
Shares

काठमाडौं–  कृषि तथा पशुपन्क्षी विकासमन्त्री घनश्याम भुसालले कृषि क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले नयाँ व्यवस्था ल्याउन लागेको बताएका छन् । झापाको बिर्तामोडमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री भुसालले सरकारले ल्याउने नयाँ व्यवस्थाले कृषकका समस्या समाधान गर्ने दावी गरे ।

उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्था संविधान बमोजिम हुने र त्यसले कृषि क्षेत्रको उत्पादन, प्राविधिक, किसानलाई दिइने सेवा, वित्तीय पहुँच, बीमा तथा उत्पादनको समर्थन मूल्य तोक्दै जाने गरी नयाँ कृषि व्यवस्था सरकारले ल्याउन लागेको जानकारी दिए । “नेपालमा कृषि कर्म गर्ने हरेक नागरिकले अब निराश हुनु पर्दैन”, मन्त्री भुसालले भने, “कृषकले उत्पादन गरेको हरेक बस्तुको सरकारले समर्थन मूल्य तोक्छ र त्यसको सुनिश्चितता गर्दै जाने छ ।”

कृषि क्षेत्रमा अहिले सयौं समस्या रहेको र त्यसलाई नयाँ व्यवस्थामा ढालेर समस्याको हल गर्न यो सरकार लागि परेको बताउँदै मन्त्री भुसालले अबको दुई तीन वर्षमा कृषि क्षेत्रमा नयाँ व्यवस्था ल्याएर कृषकका सबै समस्या हल गर्ने धारणा राखे । उनले कृषि क्षेत्रमा ल्याइने नयाँ व्यवस्थाका लागि आफैंबाट शुसासनको काम शुरु गरेको बताए ।

सरकारले ठीक तवरले काम गरिरहेको बताउँदै मन्त्री भुषालले सरकारका जुनसुकै कार्यक्रमहरु अहिलेको संविधान बमोजिम नै अघि बढेको बताए । संविधानलाई कार्यान्वयन गर्दै जाने दिशामा सरकार रहेकाले सरकार सञ्चालनका क्रममा केही कमी कमजोरी भए त्यसलाई सरकारले सुधार्दै जाने बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij