काठमाडौं– बुढानिलकण्ठ नगरपालिका वडा नम्बर ६ ले संविधान दिवसको अवसरमा वडा भित्र स्थानिय क्लव तथा अन्य संघसंस्थाको सहकार्यमा सरसफाई तथा साझँ दीपप्रज्वलन कार्यक्रम आयोजना गरेको छ ।
वडा कार्यसमितिको निर्णय बमोजिम कोभिड १९ को जोखिमलाई मध्यनजर गर्दै सामाजिक दुरी तथा आवश्यक सर्तकताका साथ कार्यक्रम सम्पन्न गरेको वडा अध्यक्ष नविन केसीले जानकारी दिए ।



वडाले च्यासिण्डोल युवा क्लवको सहकार्यमा च्यासिण्डोलमा सरसफाई तथा विउविजन वितरण गरेको थियो । साथै बुनपा ६ वडा स्थित शेराफाट टोल सुधार समितिले पनि सरसफाईको कार्यक्रम सम्पन्न गरेको छ । त्यसैगरी तल्लो पासिकोट टोल सुधार समितिले पनि आफ्नो क्षेत्रमा सरसफाई गरेको थियो । गणेश चोक स्थित न्य कोलोनि टोल सुधार समितिले पनि संविधान दिवसको अवसरमा आफ्नो टोलमा सरसफाई कार्यक्रम आयोजना गरेको थियो ।
वडाले हरेक कार्यक्रममा स्थानिय संघ संस्था, टोल सुधार समिति र क्लवहरुसंग सहकार्य गर्दै आएको छ ।








© 2026 All right reserved to arthanepal.com | Site By : Sobij