सिद्धार्थ बैंक लिमिटेडले काठमाडौंको तीनचुलीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ। बैंकले तीनचुली क्षेत्रका सर्वसाधारण तथा उद्यमीमाझ सबै प्रकारका निक्षेप तथा कर्जा कारोबार सुविधा, रकम भुक्तानी लगायत सम्पूर्ण बैंकिङ्ग सेवा सहज पहुचका लागि शाखा सञ्चालनमा ल्याएको बताएको छ।
शाखारहित बैंकिङ्ग, एटिएम, पिओएस मेसिनका साथै निक्षेप तथा कर्जा सुविधा, घरमै बसेर बैंक खाता खोल्न सकिने अनलाइन सुविधा, रेमिटेन्स सेवा, एटिएम कार्ड, ४५० भन्दा बढि व्यवसायिक केन्द्रहरुबाट विशेष छुट प्राप्त गर्न सकिने गरि जारी गरिएको युएनओ क्रेडिट कार्ड जस्ता सेवा मार्फत् बैंकले सेवा दिइरहेको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij