२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सिन्धुपाल्चोकको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

सिन्धुपाल्चोकको पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुग्यो

2.1K
Shares

काठमाडौं – सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–७ मा पहिरोमा परी मृत्यु हुनेको संख्या ९ पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार अरु २२ जना अझै बेपत्ता छन् ।
मृत्यु हुनेमा वडा नम्बर ७ का भक्तिमाया श्रेष्ठ, जुनु विक, सुकलाल विक, सन्देश विक, सर्किनी नेवार, धनलाल नेवार, हिरामाया नेवार, ट्याक्सी शेर्पा र ज्ञानीमाया प्रधान रहेका छन् । गएराति भारी वर्षासँगै गएको पहिरोले बाह्रबिसे नगरपालिका–७ मा पर्ने घुम्थाङको नागपुजे, भिरखर्क र नेवार टोलमा घरहरु पुरेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij