२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

हिमालय एअरलाइन्स‍्ले पायो आईएसओ ९००१–२०१५

हिमालय एअरलाइन्स‍्ले पायो आईएसओ ९००१–२०१५

745
Shares

नेपाल–चीन संयुक्त लगानीमा संचालित हिमालय एअरलाइन्स‍्ले प्रतिष्ठित क्वालिटी म्यानेजमेन्ट सिस्टम (क्युएमएस) सँग सम्बन्धित आईएसओ ९००१–२०१५ हासिल गरेको जनाएको छ । यस प्रमाणीकरणले हिमालय एअरलाइन्स्कोे सम्पूर्ण अपरेशन क्षेत्रमा उच्चत्तम सम्भावित मापदण्ड कायम गर्दै वायुयान मर्मत तथा इन्जीनियरिङ्ग सेवा प्रदान गर्न सक्ने दक्षता पुष्टि गर्ने कम्पनीले विश्वास लिएको छ ।
आईएसओ ९००१–२०१५ अन्तर्राष्ट्रिय मानकीकरण संगठन (आईएसओ) द्धारा विकास र प्रकाशित गरिएको एक विश्वव्यापी मान्यता प्राप्त गुणस्तरको स्तर हो जसले एक प्रभावकारी गुणस्तर प्रणाली मार्फत उत्पादन र सेवाहरुले ग्राहकहरुको आवश्यकताहरु पूरा गर्न सुनिश्चित गर्दछ ।

हिमालय एअरलाइन्स्को आईएसओ ९००१–२०१५ मान्यतामा काम गर्ने प्रतिबद्धताले ग्राहक र नियमनकारी निकायको आवश्यकता पूरा गरी आफ्नो उत्पादन र सेवाहरु निरन्तर प्रदान गर्न सक्ने क्षमतालाई प्रदर्शन गर्नेछ । एअरलाइन्सले भनेको छ, ‘आईएसओ ९००१–२०१५ अनुरुप बन्न एअरलाइन्स्ले व्यापक कम्पनी अडिटलाई अंगिकार गरेकोे छ, जसमा गुणस्तर व्यवस्थापन प्रणाली विकास, व्यवस्थापन प्रणाली कागजात समीक्षा, पूर्व अडिट, प्रारम्भिक मुल्याङ्कन र नन् – कन्फर्मेन्सको निकासी समावेश थियो ।’

हिमालय एअरलाइन्स्का उपाध्यक्ष विजय श्रेष्ठले यो उपलब्धी टिमका लागि महत्वपूर्ण भएको बताए । उनले भने, “यो वास्तवमै हिमालय टीमका लागि एक उपलब्धी हो जसले हाम्रा ग्राहकहरुलाई उत्तम सम्भावित गुणस्तरीय सेवा उपलब्ध गराउने कम्पनीको प्रतिबद्धतालाई प्रमाणित गर्दछ । आईएसओ ९००१–२०१५ गुणस्तर व्यवस्थापन सिद्धान्तहरुमा आधारित भई निर्मित छ जसमा ग्राहकहरुलाई केन्दित गरि सेवा पु¥याउने, उच्च स्तरको संगठन व्यवस्थापनको संलग्नता, एक प्रकृया अवधारणा र एक प्रकृयाको लगातार सुधार समावेश छ । आईएसओ ९००१–२०१५ को प्रयोग गर्दा हाम्रा ग्राहकहरुले निरन्तर, उच्च गुणस्तरको वस्तु र सेवाहरु पाउने सुनिश्चित गर्न मद्धत गर्नेछ, जसले एअरलाइन्स्मा धेरै व्यवसायिक लाभहरु ल्याउनेछ ।”

प्रमाणीकरण पश्चात, एअरलाइन्स्ले गत महिना मात्रै मलेशियन एअरलाइन्स् बरहाड (एमएच) सँग सम्झौता गरेको छ । मलेशियन एअरलाइन्स् एअरफ्रेम र इन्जिनसँग सम्बन्धित लाइन र बेस मेन्टेनेन्स, वर्कशप र स्पेयर सपोर्ट सेवाका लागि प्राविधिक र स्पेयर पार्ट सपोर्ट सेवाको आफ्नो क्षमता र विद्यमान स्रोतहरुका लागि परिचित रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij