काठमाडौं – भोलीवाट निषेधाज्ञा खुकुलो हुने भए पछि कुन व्यवसाय कहिले र कुन मापदण्डवाट संचालन हुने भन्ने व्यवस्था स्थानिय प्रशासनले गरेको छ । सवारी साधन जोर विजोर प्रणाली लागू भएको छ भने १६ सिट भन्दा माथीका सवारी साधन चल्न पाउने छन । ट्याक्सीमा तीन जना र एउटै परिवारका भए दुई जना बच्चा चढ्न पाउने छन । मालवाहक ढुवानीका साधनमा भने जोरविजोर लाग्ने छैन ।
स्वास्थ्य सम्बन्धी मापदण्ड अपनाउँदै सपिङमल, फेन्सी स्टोर, कपडा पसल, जुत्ता पसल, कस्मेटिक लगायतका पसलहरु साताको सोमबार, बुधबार र शनिबार मात्र खोल्न पाइने जिल्ला प्रशासन कार्यालय काठमाडौंले जानकारी दिएको छ । भाँडा र भान्साजन्य साथै सोही प्रकृतिका अन्य पसलहरु साताको आइतबार, मंगलबार र शुक्रबार मात्र खोल्न पाइने छ ।
यसैगरी फर्निचर र अटो मोवाइल सम्बन्धी पसल साताको सोमबार र बुधबार मात्र खोल्न पाइने छ । फुटपाथ पसल र ठेलाको व्यापार विहान ११ बजेसम्म र बेलुकी ४ देखि ७ बजेसम्म खोल्न पाइने छ । यही समयमा इलेक्ट्रक र डिपार्टमेन्ट स्टोरहरु समेत खोल्न सकिनेछ । रेष्टुरेण्टवाट प्याकिङ र होम डेलिभरी अघिल्लो साता नै खुला गरिएको थियो ।

© 2026 All right reserved to arthanepal.com | Site By : Sobij