२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त

राष्ट्रपतिको विज्ञ सल्लाहकारमा ढकाल नियुक्त

510
Shares

काठमाडौं – राष्ट्रपति विद्यादेवी भण्डारीले आफ्नो विज्ञ सल्लाहकारमा पाँचथरका टीका ढकाललाई नियुक्त गरेकी छिन् । ढकालले राष्ट्रपतिको सूचना सञ्चार विज्ञको जिम्मेवारी पाएका छन् ।
पाँचथरमा जन्मेर हाल भक्तपुर बस्दै आएका युवा अध्येता ढकालले त्रिविबाट अंग्रेजी विषयमा स्नातकोत्तर गर्नुका साथै अमेरिकाबाट उच्च शिक्षा हासिल गरेका छन् ।
विभिन्न पत्रपत्रिकामा नियमित स्तम्भ लेख्दै आएका उनी अब राष्ट्रपतिका सञ्चार विज्ञको मुख्य भूमिकामा रहनेछन् । ढकाललाई नेपाल सरकारको राज्यमन्त्री सरहको विज्ञ पदमा नियुक्त गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij