२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

पोखरामा नगदसहित ५ जना जुवाडे पक्राउ

पोखरामा नगदसहित ५ जना जुवाडे पक्राउ

1.3K
Shares

पोखरा -कास्की प्रहरीले एक लाख ३६ हजार १७० रुपैयाँ नगद तथा ताससहित पाँच जनालाई पक्राउ गरेको छ। पोखरा महानगरपालिका वडा नं १४ खसीबजारबाट बुधबार उनीहरूलाई वडा प्रहरी कार्यालय रामबजारको टोलीले नियन्त्रणमा लिएको हो।

चन्द्रबहादुर श्रेष्ठको घरमा जितबहादुर कुँवरले सञ्चालन गर्दै आइरहेको जित रियलस्ट्रिक एन्ड हाउजिङ प्रालिको कोठाबाट उनीहरूलाई पक्राउ गरिएको कास्की प्रहरी प्रवक्ता तथा डिएसपी सुवास हमालले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij