२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ऋषि पञ्चमी नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता

ऋषि पञ्चमी नुहाउन गएका तीन बालिका बागमती नदीमा बेपत्ता

925
Shares

रौतहट – रौतहटको धरमपुर घाटस्थित बागमती नदीमा नुहाउन गएका तीन जना बालिकाहरु बेपत्ता भएका छन् । ऋषि पञ्चमीको अवसरमा आज बिहान १० बजेको समयमा गढीमाई नगरपालिका–७ स्थित बागमती नदीमा नुहाउन गएकी उनीहरु बेपत्ता भएका हुन् ।

बेपत्ता हुनेमा धरमपुर टोल बस्ने भदै मुखियाकी १० वर्षीया पिङ्कु कुमारी मुखिया, लक्ष्मण दासकी १२ वर्षीया छोरी सुसिता कुमारी दास छट्टु मुखियाकी १० वर्षीया छोरी चञ्चल कुमारी मुखिया रहेको जिल्ला प्रहरी प्रमुख एसपी रबिराज खड्काले बताए ।

घटना लगत्तै ईलाका प्रहरी कार्यालय समनपुरका सई क्षेत बहादुर बरुवालको कमान्डमा ५ जना र सशस्त्र बेस क्याम्प समनपुरबाट ५ जनागरी १० जनाको टोली घटनास्थल पुगेको थियो । नदीमा पानीको बहाव बढेको कारण उनीहरुलाई बगाएको हुनसक्ने सई बरुवालले बताए ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij