२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

फेरि पेट्रोलियम पदार्थको मूल्य बढ्यो

2.2K
Shares

काठमाडौं -पेट्रोलियम पदार्थको मूल्य फेरि बढेको छ । नेपाल आयल निगमले आइतबार रातीदेखि लागु हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलको मूल्यमा १/१ रुपैंयाको दरले बढाएर पछिल्लो मल्य समायोजन गरेको हो ।
नयाँ मूल्य अनुसार अब काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रतिलिटर १०५ रुपैंया तथा डिजेल र मट्टितेलको ९१ रुपैंया कायम भएको छ । खाना पकाउने ग्यासको मूल्य भने यथावत राखिएको निगमका प्रवक्ता विनितमणि उपाध्यायले जारी गरेको विज्ञप्तीमा उल्लेख गरिएको छ ।

भारतीय आयल कर्पोरेसनबाट मूल्य बढेर आएकोले स्वचालित मूल्य प्रणाली अनुसार मूल्य समायोजन गर्नुपरेको आयल निगमले जनाएको छ ।

अझै पनि सीमावर्ती भारतीय बजार रक्सौल भन्दा वीरगञ्जमा पेट्रोल ३०.७१ रुपैंया र डिजेल ३७.२७ रुपैंया सस्तो रहेको निगमले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij