काठमाडौं – लिम्पियाधुरा सहितको नेपालको राजनीतिक तथा प्रशासनिक नक्साको अंग्रेजी संस्करण भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्विकृत गरेको छ ।
नापी विभागले तयार पारेको नक्सा भूमि व्यवस्था मन्त्री पद्माकुमारी अर्यालले शुक्रबार स्विकृत गरेकी हुन । अद्यावधिक नक्साको नेपाली संस्करण ८ जेठमा मन्त्री अर्यालले सार्वजनिक गरेकी थिइन् । सोही नक्साको अंग्रेजी संस्करण विभागले प्रकाशन गरेको हो ।
सन् १८१६ को सुगौली सन्धि लगायतका तथ्य तथा प्रमाणको आधारमा सरकारले ५ जेठमा लिम्पियाधुरा सहितको नक्सा सार्वजनिक गर्ने निर्णय गरेको थियो ।
अंग्रेजी संस्करणको नक्सा प्रकाशन भएसँगै संयुक्त राष्ट्र संघ, कुटनीतिक नियोगहरू, समग्र अन्तराष्ट्रिय जगतमा पठाउनका निम्ती बाटो खुलेको मन्त्री अर्यालले जानकारी दिइन् । उनी भन्छिन्, ‘नेपालको अद्यावधिक मानचित्रबारे विश्व जगतलाई जानकारी गराउनु जरुरी छ । त्यही प्रयोजनका लागि अंग्रेजी संस्करणको नक्सा प्रकाशन गरेका हौं ।’
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij