२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सि.जी ब्राण्डको आधिकारीक वेबसाईट सुरु

सि.जी ब्राण्डको आधिकारीक वेबसाईट सुरु

1.1K
Shares

काठमाडौं– सि.जी.ले आफ्नो आधिकारीक वेबसाईट लन्च गरेको छ। यो वेबसाईट सम्पूर्ण घरायसी सामाग्रीहरुको पूर्ण जानकारी दिने उद्देश्यका साथ बनाईएको हो। वेबसाईटमा उपभोक्ताहरुले आफूले खरिद गर्ने सामानको विशेषतादेखि वारेण्टी, मूल्य र अन्य थुप्रै जानकारी प्राप्त गर्न सकिने बताइएको छ।

यस वेबसाईटमा सि.जी.ब्राण्डमा रहेका एल.ई.डि टि.भी., रेफ्रिजेरेटर, वासिङ मेसिन, डिफ्रिज, एयरकन्डिसन, ओभन, एयर कुलर, भ्याकुम, राईजकुकर, मिक्चर, वाटरडिस्पेन्सर आदी घरायसी सामानहरुको बारेमा पूर्ण जानकारी रहेको छ।

कम्पनीकाअनुसार सर्पोट सेक्सनमा ग्राहकहरुले आफ्नो समस्या र वारेण्टी आदीको दाबी दर्ता गर्नूका साथै सोको अवस्था वेबसाईटबाट नै हेर्न सकिनेछ। साथै ग्राहकको सुविधाको लागि यस वेबसाईटमा सि.जी.का सर्भिस सेन्टरहरुको स्थान र सम्पर्क नं. पनि राखिएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij