२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

भारतबाट नेपाल आउँदा अब यी १० सीमा नाकाबाट मात्रै प्रवेश गर्न पाइने

भारतबाट नेपाल आउँदा अब यी १० सीमा नाकाबाट मात्रै प्रवेश गर्न पाइने

2.1K
Shares

काठमाडौं – सरकारले भारतबाट नेपाल प्रवेश गर्न चाहने नेपालीको लागि १० वटा सीमा नाकामात्रै खुला गरेको छ । यसअघि जेठ १२ गतेको मन्त्रिपरिषद्का बैठकले २० वटा सीमा नाकाबाट प्रवेश अनुमति दिएकोमा अहिले घटाएर १० वटा सीमा नाका कायम गरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । उनका अनुसार झापाको काँडडभिट्टा, मोरङको रानी , सिरहाको मार्डर नाका , रौतहटको गौर नाका, पर्साको वीरगन्ज, रुपन्दहीको बेहलिया, कपिलवस्तुको कृष्णनर, बाँके जमुनाहा, कैलालीको गौरिफन्टा र कञ्चनपुरको गड्डाचौकी नाकाबाट मात्रै नेपाल प्रवेश गर्न दिइने निर्णय भएको छ । कोरोना संक्रमणको जोखिमका कारण अन्य नाकाबाट भने नेपाल प्रवेश गर्न नदिने सरकारको निर्णय छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij