काठमाडौं – मंगलबार देशभर ६३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । संक्रमितमध्ये उपत्यकामा मात्रै १३४ जना रहेका छन् । सोमबार जम्मा ४२ जना संक्रमित थपिएकोमा मंगलबार उपत्यकमा तीन गुणाभन्दा बढी संक्रमित थपिएका हुन् ।
मंगलबारको नियमित प्रेस ब्रिफिङमा स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले देशभर ६३८ जनामा संक्रमण पुष्टि भएको बताए ।
मन्त्रालयका अनुसार कोरोना भाइरसको कुल संक्रमित संख्या २३ हजार ९ सय ४८ जना पुगेको छ । मंगलबार १ सय ७१ जना डिस्चार्ज भएका छन् ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij