नयाँ दिल्ली – करिब दुई सय यात्रु बोकेको एयर इण्डिया एक्सप्रेसको विमान दुर्घटना भएको छ । दुबइबाट भारतको दक्षिणी राज्य केरालाको कालीकट विमानस्थलमा चिप्लिँदा दुर्घटना भएको बीबीसीले जनाएको छ ।
भारती वर्षा भइरहेका बेला शुक्रबार साँझ करिब ७ बजेतिर विमान दुर्घटना भएको हो । कालीकट विमान दुर्घटनामा उद्धार कार्य भइरहेको जनाइएको छ ।
दुर्घटनामा भएको मानवीय क्षतिबारे कुनै जानकारी प्राप्त भइनसकेको बीबीसीले जनाएको छ । सामाजिक सञ्जालमा देखाइ अनुसार उक्त विमान दुई टुक्रा भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij