२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

बुद्ध एयरले सार्वजनिक गर्यो नयाँ भाडादर

बुद्ध एयरले सार्वजनिक गर्यो नयाँ भाडादर

1.9K
Shares

काठमाडौ – बुद्ध एयरले भदौ १ देखि हुने हवाई उडानको भाडादर तोकेको छ। यससँगै बुद्ध एयरले कोभिड–१९ विरुद्ध सुरक्षा निर्देशिका बनाई पूर्व अभ्यास गरिरहेको छ।

जसअन्तर्गत हरेक उडानअघि जहाज, ब्यागेज ट्रली, कार्यस्थलको संक्रमणरहित सरसफाई, कर्मचारीहरुलाई सुरक्षा तालिम, तथा पिपिई प्रदान गरिसकेको छ। संक्रमणरहित हवाई यात्राका लागि बुद्ध एयर प्रतिवद्ध छ।

साथै हवाई यात्रामा हरेक यात्रुलाई पहिचान गर्न एकद्वार प्रणाली अपनाएको बताइएको छ। जसअनुसार कम्प्युटर सिस्टम पनि अपडेट गरिएको छ। यसले महामारी रोकथामको लागि गर्नुपर्ने परीक्षण, पहिचान र कन्ट्याक्ट ट्रेसिङ कम्प्यूटर सिष्टमबाट केही क्षणमै राज्यलाई उपलब्ध गराउने कम्पनीको भनाइ छ।

बुद्ध एयरले तोकेको सुरुआति एकतर्फि हवाई भाडादर:

विराटनगर –३,०००
भैरहवा –२७००
नेपालगञ्ज– ४२००
पोखरा–१९००
भद्रपुर–३४००
जनकपुर –२७००
धनगढी–५४००

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij