२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लकडाउनका कारण ६१ प्रतिशत उद्योग-व्यवसाय पूर्णरुपमा बन्द

लकडाउनका कारण ६१ प्रतिशत उद्योग-व्यवसाय पूर्णरुपमा बन्द

1.7K
Shares

काठमाडौं – कोभिड महामारीको जोखिम न्यूनीकरण गर्न गरिएको लकडाउनमा ६१ प्रतिशत उद्योग पूर्णरुपमा बन्द रहेको एक अध्ययनले देखाएको छ । सो अवधिमा ४ प्रतिशत उद्योग/व्यवसाय पूर्ण रुपमा सञ्चालनमा रहेका छन् ।
यस्तै ३५ प्रतिशत उद्योग/व्यवसाय आंशिक रुपमा सञ्चालनमा रहेका छन् । नेपाल राष्ट्र बैंकले गरेको अध्ययन अनुसार यसरी अधिकांश उद्योग/व्यवसायहरु पूर्णरुपमा बन्द रहनुले बन्दाबन्दीले अर्थतन्त्रमा गहिरो असर पारेको देखिन्छ । शिक्षा, होटल तथा रेष्टुरेन्ट, रियल स्टेट, भाडा तथा व्यावसायिक क्रियाकलापहरु र यातायात तथा भण्डारण क्षेत्रमा अधिक असर परेको देखिएको छ । बन्दाबन्दी अवधिमा ठूला र मझौैला उद्योग/व्यवसायको तुलनामा घरेलु उद्योग, लघु उद्यम/साना खुद्रा व्यापार र साना उद्योग/व्यवसायहरु बढी प्रभावित भएको देखिएको छ ।

बन्दाबन्दीे अवधिमा उद्योग/ व्यवसायहरुमध्ये ९६.७ प्रतिशतले सामान्य अवस्थाको तुलनामा औसतमा ७३.८ प्रतिशत उत्पादन र कारोबार घटेको जनाएका छन् । राष्ट्र बैंकले गरेको अध्ययनमा बढ्दो कोरोना भाइरस संक्रमणका कारण बन्दाबन्दी कायम रहिरहे सबै उद्योग व्यवसाय बन्द हुने देखिएको छ । नेपाल राष्ट्र बैंकले गरेको कोभिडले पारेको असरको अध्ययनले उद्योग तथा व्यवसायहरुले अब थप लकडाउन थेग्न नसक्ने भनेको छ ।

प्रतिवेदन अध्ययनको लागि यहाँ   क्लिक गर्नु होला

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij