२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सुनको मूल्य बढ्ने क्रम जारी, तोलाको १ लाख २ हजार ५००

सुनको मूल्य बढ्ने क्रम जारी, तोलाको १ लाख २ हजार ५००

1.3K
Shares

काठमाडौं – सुनको मूल्य बिहीबार तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको छ । बुधबार तोलामा १ लाख १ हजार ४०० रुपैयाँमा कारोबार भएको छापावाल सुन बिहीबार बढेर तोलामा १ लाख २ हजार ५०० रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यसैगरी तेजावी सुन तोलामा १ लाख २ हजार रुपैयाँमा कारोबार भएको छ ।

यसैगरी चाँदी पनि बिहीबार बढेर तोलामा १३ सय ४५ रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । महासंघका अनुसार बुधबार चाँदी तोलामा १२ सय ९५ रुपैयाँमा कारोबार भएको थियो । सुन र चाँदीको आज कायम मूल्य हालसम्मकै उच्च हो ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij