२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

१३ किलो चरेशसहित तीन जना पक्राउ

१३ किलो चरेशसहित तीन जना पक्राउ

1.8K
Shares

काठमाडौं – मकवानपुरको थाहा नगरपालिका–७ बाट प्रहरीले करिब १३ केजी चरेशसहित तीन जनालाई पक्रेको छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार पक्राउ पर्नेमा शुभराज घलान, नारायण सिं मुक्तान र कृष्ण बहादुर गुरुङ छन् ।

प्रदेश–३–०२५९ नम्बरको अटोमा चित्लाङबाट तन्द्रगिरी नगरपालिका तर्फ जाँदै गरेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
चरेश ओसारपसारमा संलग्त तीनैजना मकवानपुर थाहा नगरपालिकाका स्थानीय हुन् । अटोको सिटमुनी लुकाएर राखेको अवस्थामा प्रहरीले चरेश बरामद गरेको छ ।

आरोपीहरुलाई लागु औषध नियन्त्रण ऐन–०३३ अनुसार अदालतबाट म्याद लिएर अनुसन्धान शुरु गरिएको मकवानपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij