२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

राजधानीको कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

राजधानीको कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु

890
Shares

काठमाडौं – काठमाडौं महानगरपालिका-७ कालोपुलमा मोटरसाइकल दुर्घटना हुँदा आज एक जनाको मृत्यु भएको छ। कालोपुलस्थित सडकमा बा ६७ प ४८१८ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा चाबहिल बस्ने दोलखाका ३० वर्षीय तासी शेर्पाको सोमबार बिहान मृत्यु भएको हो।

दुर्घटनामा गम्भीर घाइते शेर्पाको उपचारका क्रममा राष्ट्रिय ट्रमा सेन्टरमा आज बिहान मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij