२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सेलपे सेवाले ल्यायो ‘एनिभर्सरी अफर’

सेलपे सेवाले ल्यायो ‘एनिभर्सरी अफर’

1.1K
Shares

काठमाडौं – राष्ट्र बैंकबाट अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक सेलकम प्रा. लि. को सेलपे सेवाले ‘एनीभर्सरी अफर’ ल्याएको छ। सेलपेको वार्षिकोत्सवको अवसरमा ग्राहकहरुमाझ यस अफरको सुरुवात गरिएको हो।

उक्त अफरअन्तर्गत ग्राहकहरुले भोलि शुक्रबार सेलपेबाट पहिलो मर्चेन्ट पेमेन्ट गर्दा ५० प्रतिशत (अधिक्तम रु. १००० सम्म) क्यासब्याक पाउँनेछन्।

यो अफरको लागि चाडैं नै आफ्नो मोबाईलमा सेलपे एप डाउनलोड गरी आफ्नो बैंक खाता लिंक गर्नुपर्ने कम्पनीले बताएको छ। यसका साथै सेलपेका ५ जना भाग्यशाली ग्राहकहरुले सेल्सबेरी डिपार्टमेन्ट स्टोरमा सय सेकेण्डभित्र एक रुपैयाँमा असिमित ग्रोसरी सामानहरु किनमेल गर्ने मौका पाउने छन्।

सेलपेबाट विभिन्न दुरसंचार सेवा, विजुली, खानेपानी, टिभी, ईण्टरनेटको महशुल भुक्तानी, विभिन्न पसल, रेष्टुरेण्टमा भुक्तानी, एक बैंक खाताबाट अन्य बैंक खातामा रकम स्थानान्तरण, स्वदेशभित्र गरिने मनी ट्रान्सफर, बीमा रकम लगायत भुक्तानी गर्न सकिन्छ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij