काठमाडौं– चलचित्र पत्रकार संघ नेपाल दाङ शाखाले विश्वका १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लेखाउन सफल चर्चित एंव लोकप्रिय संगितकार सन्तोष श्रेष्ठलाई सम्मान गरेको छ । संघले संगितकार श्रेष्ठलाई तुलसीपुरमा एक कार्यक्रमको आयोजना गरी बधाई एवं सम्मान गरेको हो ।
संघका दाङ शाखा अध्यक्ष शिव पुनको अध्यक्षता तथा सामुदायिक रेडियो प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरीको प्रमुख आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको हो ।
संगितकार श्रेष्ठले नेपाली, हिन्दी, चाइनिज, जापनिज, अंग्रेजी, रसियन , कोरियन, स्पेन, फेन्च, इटालियन, जर्मन र थाइ भाषा गरेर १२ भाषामा संगित गरेर गिनिज बुकमा नाम लखाएर विश्व कृतिमान राखेका हुन ।

संगितकार श्रेष्ठले समाजका कुरा बोल्ने गितसंगितले जीवन्त पाउने बताए। उनले संख्यात्मक रुपमा धेरै सिर्जनाले मात्रै उचाईमा पुग्ने नहुने भन्दै थौरै सृजनाले पनि कलाकार जीवन्त हुन सक्ने स्पष्ट पारे ।
सामुदायिक प्रशारक संघ नेपालका वरिष्ठ उपाध्यक्ष अर्जुन गिरी र राप्ती साहित्य परिषद दाङका अध्यक्ष कमलमणी देवकोटा, सिस्नोपानी नेपालका अध्यक्ष डाक्टर लोकराज पराजुली लगायतले संगितकार श्रेष्ठको विश्व कृतिमानीले दाङलाई पनि चिनाउन सफल भएको बताए ।
यस्तै कार्यक्रममा रिपोर्टस क्लब दाङका अध्यक्ष शरद रेग्मी , अकोर्याबका प्रदेश ५ सचीव संगीत बस्याल लगायतले आफ्नो धाराणा राखेका थिए ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij