बझाङ – बझाङमा १५ दिनभित्र पिसीआर मेसिन आइपुग्ने भएको छ। जेठ २६ गते जिल्लाका १२ स्थानीय तह र जिल्ला समन्वयन समितिले पीसीआर मेसिन खरिद गर्ने निर्णय गरेका थिए।
अब १५ दिनभित्र मेसिन खरिद गरेर जिल्लामा आइपुग्ने जिल्ला अस्पताल बझाङका मेडिकल सुपरिटेण्डेन्ट सन्दीप ओखेडाले जानकारी दिए।
उनकाअनुसार यसअघि असार १ गते भित्र पिसीआर मेसिन खरिद गरेर संचालनमा ल्याइने भनिए पैसा संकलनमा ढिलाइ भएको थियो। अहिले टेण्डर आह्वान भइसकेको र आइतवार सम्झौता भएर अबको १५ दिनभित्र मेसिन जिल्लामा ल्याइने डाक्टर ओखेडाले बताए।
‘भदौ १ बाट पूर्ण रूपमा मेसीन सञ्चालनमा ल्याउँछौं,’ उनले भने। स्थानीय तहमध्ये १० गाउँपालिकाबाट १०/१० लाख, २ नगरपालिकावाट १५/१५ लाख र जिल्ला समन्वय समितिबाट १५ लाख गरी १ करोड ४५ लाख रकममा उक्त मेसिन ल्याउन लागिएको हो।
जिल्ला अस्पतालको क्वाटरका लागि निर्माण भएको भवनमा उक्त मेसिन राखेर सञ्चालन गर्ने तयारी गरिएको छ। मेसिन सञ्चालनका लागि पाँच जना कर्मचारी राखिने बताए।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij