२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

मुलुकको समृद्धि र विकासका लागि आत्मनिर्भर बन्नुको विकल्प छैन : मन्त्री अर्याल

मुलुकको समृद्धि र विकासका लागि आत्मनिर्भर बन्नुको विकल्प छैन : मन्त्री अर्याल

1.2K
Shares

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारणमन्त्री पद्मा अर्यालले मुलुकको समृद्धि र विकासका लागि अत्मनिर्भर बन्नुको विकल्प नभएको बताएकी छन् । आत्मनिर्भर भएमात्रै देशको विकास गर्न सकिने बताउँदै आत्मनिर्भरताको बाटोमा लाग्न उनले आग्रह गरिन् ।

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयको महिला लघुउद्यम तथा उद्यमशील विकास कार्यक्रमअन्तर्गत वालिङमा सञ्चालित व्यावसायिक ढाका बुनाई सीप विकास तालिमको समापन कार्यक्रममा मन्त्री अर्यालले भनिन्, “मुलुक आफैँ आत्मर्निभर नभएसम्म बोलेर मात्रै समृद्धि नआउने भएकाले सरकार आत्मर्निभरताको बाटोमा अगाडि बढेको छ, आयात घटाएर निर्यात नबढाएसम्म जनताको जीवनस्तरमा परिवर्तन आउन सक्दैन त्यसैले सबैले आफ्नो क्षमता र दक्षताअनुसारको काममा लागौँ, यसबाटै सबैको हित हुन्छ ।”

क्षणिक आवश्यकता पूर्ति गर्नेतिर लाग्नुभन्दा पनि सीप सिकेर दीर्घकालीनरुपमा आयआर्जन हुने बाटोमा लाग्नुपर्नेमा मन्त्री अर्यालले जोड दिइन् । वालिङ नगरपालिका– ९ मा रहेको कानुङ आँधीखोला बचत तथा ऋण सहकारी संस्थाको आयोजनामा सञ्चालित तालिमको समापनका अवसरमा शुक्रबार मन्त्री अर्यालले जुम भिडियोमार्फत सम्बोधन गर्दै सीप विकासमा जोड दिइन् ।

कार्यक्रममा वालिङ नगरपालिकाका प्रमुख दिलीपप्रताप खाँंणले समृद्धिका लागि सीप विकास आवश्यक रहेको बताउँदै उत्पादनलाई प्राथमिकता दिनुपर्ने बताइन् ।

नगरप्रमुख खांँणले उत्पादनलाई प्रोत्साहन दिनका लागि नगरपालिका जमानी बसेर ऋणको व्यवस्थासमेत गरेको बताइन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij