२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

संगीतकार मनोज चौलागाईको जुनी जुनी सार्वजनिक

संगीतकार मनोज चौलागाईको जुनी जुनी सार्वजनिक

2.8K
Shares

प्रेममय गीत जुनी जुनी रिलिज भएको छ । एरेञ्जर तथा संगीतकार मनोज चौलागाईले आफ्नै युट्यूव च्यानल ‘हाइ नोट’बाट उो गीत रिलिज गरेका छन् । गायिका अञ्जु पन्त र गायक कौशलराज खड्काको संयुक्त स्वर रहेको जुनी जुनीमा गायक खड्का आफै फिचरिङ समेत भएका छन् । साथै उनलाई ऋचा थापाले साथ दिएकी छिन् ।

गीतको शब्द हस्त गौतम मृदुलले लेखेका हुन् भने रेकर्डिष्ट राजेश श्रेष्ठ हुन् । किशोर थापाले मिक्सीङ तथा मास्टरीङ गरेका हुन् । ए वान म्यूजिसियनमा गीत रेकर्डिङ् तथा मास्टरिङ गरिएको हो ।

गीतको भिडियो निर्देशक सियोन श्रेष्ठ हुन्  धुलिखेलको रमणीय दृश्यमा छायंकन गरिएको गीतलाई मुकेश हुमागाइले छायांकन गरेका छन्  कविता तोलाङ्गीको श्रृंगार रहेको जुनी जुनीमा नविन निरौलाको रंग संयोजन तथा सम्पादन रहेको   

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij