२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

ठाटीकाँध गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

ठाटीकाँध गाउँपालिकामा अनिश्चितकालीन निषेधाज्ञा जारी

1.4K
Shares

सुर्खेत – दैलेखको ठाटीकाँध गाउँपालिकामा जिल्ला प्रशासन कार्यालय दैलेखले अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको छ । ठाटीकाँधका टेस्टिङ गाइडलाइनमा नपरेका ७३ जनाको पीसीआर परीक्षण गरिएको थियो । बुधार आएको रिपोर्टमा उनीहरु मध्ये १६ मा संक्रमण पुष्टि भएको छ ।

बिहीबार जिल्ला प्रशासन कार्यालयले सूचना जारी गर्दै टेस्टिङ गाइडलाइनमै नपरेका स्थानीयमा समेत कोरोना पुष्टि भएपछि समुदायमा फैलिन सक्ने जोखिमलाई कम गर्न निषेधाज्ञा जारी गरेको जनाएको छ ।

निषेधाज्ञा बिहीबारदेखि नै लागु हुनेछ । प्रशासनले जारी गरेको सूचना अनुसार गाउँपालिका प्रवेश गर्ने सब नाका बन्द गरिएको छ भने भेटघाट, जमघट र आवतजावत् पूर्णरुपमा निषेध गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij