२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

वाग्मती नदीमा फसेका दुईजनाको उद्धार

वाग्मती नदीमा फसेका दुईजनाको उद्धार

1.4K
Shares

जनकपुरधाम – सर्लाहीको वाग्मती नदीको बाढीमा फसेका दुई जनाको सकुलश उद्धार गरिएको छ ।
बागमती नगरपालिका–१२ स्थित वाग्मती नदीको बाढीमा फसेका दुई जनालाई प्रहरीको टोलीले उद्धार गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

नदीमा दाउरा झिक्न गएका स्थानीय २४ वर्षीय डेटमान गोले र १६ वर्षीय निरज तितुङ्ग खोलाको बीच भागमा फसेपछि उनीहरुको उद्धार गरिएको प्रहरी प्रवक्ता मदन कुँवरले जानकारी दिए ।
दुवै जनाको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij