काठमाडौं– गए रातिदेखि परेको अविरल वर्षासँगै आएको बाढी–पहिरोले देशभरिका विभिन्न ठाउँमा ठूलो जनधनको क्षति भएको छ।
शुक्रबार बिहानसम्म ३१ जनाको मृत्यु, दर्जनौं घाइते र बेपत्ता भएका छन्। गृह मन्त्रालयको राष्ट्रिय आपतालीन कार्यसञ्चालन केन्द्रका अनुसार म्याग्दीको धौलागिरी र मालिका गाउँपालिकामा आएको पहिरोमा परी १० जनाको मृत्यु भएको छ भने १२ जना बेपत्ता छन्।
लमजुङको वेशीसहर नगरपालिका(७ मा आएको पहिरोमा परी तीन जनाको मृत्यु भएको छ भने तीन जनता घाइते भएका छन्।
कास्कीका विभिन्न स्थानमा गएको पहिरोमा परी ७ जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन्। पर्वतको दुर्लुङमा गएको पहिरोमा परी ९ जनाको मृत्यु भएको छ।
रूकुम पश्चिमको आठबिसकोट–३मा आएको पहिरोमा २ जनाको मृत्यु भएको छ भने १ घाइते भएका छन्। पहिरोले ठाउँ ठाउँमा पहिरो गएपछि राजमार्गहरू अवरूद्ध भएका छन्। पृथ्वी राजमार्गको धादिङ बेनीघाटमा पहरो आएपछि राजमार्ग अवरूद्ध भएको केन्द्रले जनाएको छ।
तराईका जिल्लामा नदीहरूमा पानीको सतहमा बढिरहेको छ।
पश्चिमी न्यूनचापीय प्रणालीको प्रभावले बिहीबारदेखि सक्रिय मनसुन सोमबारसम्म कायम रहने भएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij