गुल्मी – इस्मा गाउँपालिका-१ हस्तिचौरमा गएको पहिरोमा फसेकी महिलाको १८ घण्टापछि उद्धार गरिएको छ । मुसिकोट नगरपालिका-२ की तारा कुमालको मंगलबार दिउँसो १ बजे हस्तिचौरको मल्दी च्युटारीबाट उद्धार गरिएको स्थानीय श्रीराम महतले जानकारी दिए ।
दर्लामचौरबाट पहिरो हेर्न आएका व्यक्तिहरुले तारालाई फसेको देखेपछि उद्धार गरिएको स्थानीय कृषिराम अर्यालले बताए । पहिरोले बगाएको खेतबारीको मकै लिन गएकी उनी फर्कनेबेलामा फसेकी थिइन् । सोमबार रातिदेखि ठुलो पानीसँगै बगेको लेदोले उनलाई पुरेपछि १८ घण्टासम्म उद्धार नभएको स्थानीय कृषिराम अर्यालले बताए ।
सोमबार साँझ ६ बजेबाट पहिरोमा फसेकी कुमालको शरीर पूरै निलो भएको छ । हस्तिचौर र मुसिकोटका अधिकांश सडक अवरुद्ध भएकाले उनलाई अस्पताल पुर्याउन समस्या भएको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij