काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका गोलरक्षक किरण चेम्जोङले ग्लोभ्सको विदेशी प्रायोजक पाएका छन् । भारतको आई–लिगमा मिनर्भा पन्जाबका लागि खेलिरहेका किरणलाई साइप्रसको ग्लोभ्स कम्पनी आरजीले दुई वर्षका लागि बुधबार अनुबन्ध गरेको हो ।
त्यस सम्झौता अनुसार आरजीले किरणलाई प्रत्येक वर्ष २० जोर ग्लोभ्स उपलब्ध गराउनेछ । दुई वर्षको ग्लोभ्सको प्रायोजन रकम ६ लाख नेपाली रुपैयाँ हुन आउँछ । राम्रो स्तरको एक जोडी ग्लोभ्सकै कम्तीमा १५ हजार रुपैयाँ पर्न आउँछ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij