२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

लक-डाउन र सीमा बन्द चैत २५ सम्म जारी रहने

लक-डाउन र सीमा बन्द चैत २५ सम्म जारी रहने

2K
Shares

काठमाडौं – कोरोना भाइरसको संक्रमण फैलिनबाट रोक्न सरकारले ‘लक-डाउन’ र अन्तर्राष्ट्रिय सीमा बन्दलाई चैत २५ गतेसम्म कायम राख्ने निर्णय गरेको छ।

मन्त्रिपरिषदको भर्खरै सम्पन्न बैठकले उक्त निर्णय गरेको हो। बैठकले राहत प्याकेजको पनि निर्णय गरेको छ। राहत प्याकेजबारे सरकारका प्रवक्ता तथा अर्थ एवं सञ्चार मन्त्री युवराज खतिवडाले केही बेरमा नेपाल टेलिभिजनको प्रत्यक्ष प्रसारणबारे जानकारी गराउनेछन्।

सरकारले यही चैत ११ देखि १८ गतेसम्म लक-डाउनको निर्णय गरेको थियो। अब नयाँ निर्णयअनुसार यो २५ गतेसम्म निरन्तर चल्नेछ। यसअघि उपप्रधानमन्त्री ईश्वर पोखरेल नेतृत्वको कोरोना भाइरस रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिले लक-डाउन अवधि सात दिन थप्नुपर्ने निष्कर्ष निकालेको थियो। आइतबार दिउँसो सिंहदरबारमा बसेको समितिको बैठकले चैत ११ देखि लागू भएको लक-डाउन २५ गतेसम्म गर्न मन्त्रिपरिषदलाई सिफारिस गर्ने निष्कर्ष निकालेको थियो।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij