काठमाडौं नेपालमा फेरी एकजनामा कोरोना संक्रमण देखिएको छ । बेल्जियमबाट कतार हुँदै काठमाडौं आइपुगेकी १९ वर्षकी युवतीलाई कोरोना देखिएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकासराज देबकोटाले जानकारी दिए ।
उनको अवस्था अहिले सामान्य भएको उनले बताए । प्रवक्ता देवकोटाले राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको परीक्षणपछि उनमा कोरोना देखिएको पुष्टि भएको हो ।
उनले शनिबार दिउँसो जानकारी गराएका हुन् । “काठमाडौं उपत्यकाभन्दा बाहिरको केस हो,” उनले भने, “उहाँ अहिले चिकित्सकको सम्पर्कमा हुनुहुन्छ । उहाँको अवस्था अहिले सामान्य छ ।”
उनले अहिले फैलिन सक्ने पूर्वानुमान भएकाले यो घरभित्रै बसेर सहयोग गर्न आग्रह पनि गरे ।
कोरोना संक्रमित युवती प्रदेश ४ की भएको बताइएको छ । पालमा कोभिड(१९ बाट संक्रमितको संख्या औपचारिक रुपमा पाँच पुगेको छ । उनीहरू मध्ये एक निको भएर घर गइसकेकी छन् भने दुई जनाको टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र एकको सेती प्रादेशिक अस्पतालमा उपचार भइरहेको छ ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij