२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

सीमामा अलपत्र नेपालीलाई अन्तिमपटक नेपाल प्रवेश दिने सरकारको निर्णय

सीमामा अलपत्र नेपालीलाई अन्तिमपटक नेपाल प्रवेश दिने सरकारको निर्णय

1.8K
Shares

काठमाडौं- कोरोना भाइरस (कोभिड १९) संक्रमण रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समितिको बैठकले नेपाल भारत सिमानामा अड्किएका नेपाली नागरिकलाई नेपाल प्रवेश गर्न दिने निर्णय गरेको छ । लकडाउनका कारण सीमामा अलपत्र परेकाहरुलाई १४ दिन क्वारेन्टाइनमा बस्ने शर्तमा नेपाल आउन दिने निर्णय गरेको छ ।

भारतबाट आएका ठुलो संख्यामा नेपालीहरु गड्डाचौकी नाकामा रोकिएका छन् । सरकारका प्रवक्ता एवं सूचना तथा अर्थमन्त्री डा. युवराज खतिवडाले भने, ‘अन्तिम पटकका लागि आज आउन दिन निर्णय भएको छ । तर प्रदेश सरकारले स्थानीय प्रशासनसँग समन्वय गरेर १४ दिन होम क्वारेन्टाइन अनिवार्य भनेका छौं ।’

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij