२०८३ असोज ५ सोमबार

Sep 21 2026 Monday

जापानमा एकै दिन कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यु

जापानमा एकै दिन कोरोनाभाइरसका कारण पाँच जनाको मृत्यु

545
Shares

टोकियो । विश्वमा महामारीका रुपमा देखिएको कोरोनाभाइरसका कारण जापानमा एकै दिन पाँचजनाको मृत्यु भएको छ । आइतबार कोरोना संक्रमणबाट पाँच जनाको मृत्यु भएको जापानी अधिकारीहरुले जनाएका छन् । जापानमा कोरोनाका कारण एकैदिन मृत्यु हुनेमा यो नै अहिलेसम्मको ठूलो संख्या हो ।

जापानको स्वास्थ्य मन्त्रालयले सोमबार जनाएअनुसार जापानमा हालसम्म कोरोना संक्रमणका कारण ४९ जनाको मृत्यु भइसकेको छ । जापानमा आइतबार कोरोना संक्रमणको ४२ नयाँ मामिला प्रकाशमा आएको छ । योसँगै जापानमा कोरोना संक्रमितको कुल संख्या एक हजार एक हजार ८ सय एक पुगेको छ । तीमध्ये ७ सय १२ जना डाइमण्ड क्रुज जहाजका यात्री हुन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij