२०८३ असोज ४ आइतबार

Sep 20 2026 Sunday

नेपालगञ्जको जमुनाह नाका एक साताका लागि बन्द

नेपालगञ्जको जमुनाह नाका एक साताका लागि बन्द

790
Shares

बुटवल – बाँकेको नेपालगञ्जस्थित नेपाल–भारत सीमा नाका आजबाट एक हप्ताका लागि बन्द गरिएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । कोरोना भाइरसको रोकथामको प्रयासमा नेपाल र भारत देशका यात्रुहरुलाई जमुनाहा नाकाबाट आवतजावत गर्न रोक लगाइएको सहमति भएको आज बसेको गरेको हो ।

भारतको बहराइच जिल्लाको रुपैडिहा बजारमा दुवै देशका अधिकारीहरुबीच जिल्लास्तरीय बैठकपछि यस्तो निर्णय गरीएको बांके जिल्लाका सहायक प्रमुख जिल्ला अधिकारी दिघराज उपाध्यायले रातोपाटीलाई बताए । उनले भनेर्, आज दुवै देशका जिल्ला प्रमुख जिल्ला स्तयरी बैठकले एक हप्ता सम्मका लागि आवत जावत रोक्ने निर्णय गरेको छ । तर ढुवानी गर्न चाहि पाउने छन् ।’

भारतको लखनमा कोरोना आशका गरेका व्यतिहरु भेटिएपछि यो नाकालाई कडा गरिएको हो । यसअघि दुवै देशका अधिकारीहरुबीच नेपालगञ्जमा भएको बैठकले जमुनाहा नाकाबाट आवत–जावत गर्नेहरुको स्वास्थ्य परीक्षण कडा बनाउने निर्णय गरेको थियो ।

भारतसँग जोडिएको खुल्ला सिमानाबाट दैनिक हजारौंको संख्यामा मानिसहरु आवतजावत गर्दा कोरोना संक्रमण फैलिने जोखिम बढेको छ । भारतको लखनउ जमुनिया नाकाबाट यो नाका १ सय ९० किलोमिटरको दुरी पर्ने भएको विशेष सतर्कता अप्नाउन दुवै तर्फका प्रशासकले आग्रह गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
थप समाचार

© 2026 All right reserved to arthanepal.com  | Site By : Sobij