इटाली कोरोनाभाइरसको संक्रमणबाट सर्वाधिक नागरिक गुमाउने मुलुक बनेको छ। इटालीमा एकैदिन ४२७ जनाको मृत्यु भएपछि कोरोना भाइरसको संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३ हजार ४ सय ५ पुगेको छ। यो संख्या कोरोना भाइरसको उद्गम स्थल चीनको भन्दा बढी हो।
चीनमा हालसम्म यसको संक्रमणबाट ३ हजार २ सय ४५ जनाको ज्यान गइसकेको छ। यध्यपी चीनको यो आँकडामाथि धेरैलाई शंका छ।
देशमा कोरोना भाइरसको संक्रमण बढ्दै गएपछि इटालीले मार्च १२ देखि सुरु गरेको ‘लक डाउन’लाई २५ मार्चसम्म बढाएको छ। उसले आफ्ना सबै नागरिकलाई अत्यावश्यक अवस्थामा बाहेक घरैभित्र बस्न भनेको छ।
विश्वव्यापीरुपमा भने हालसम्म २ लाख २० हजारवटा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ भने ९ हजार बढीले आफ्नो ज्यान गुमाइसकेका छन्।
चीनमा कुल ८१ हजार जनामा यो संक्रमण देखिएको थियो भने इटालीमा हालसम्म ४१ हजार ३५ जनामा यो संक्रमण देखिएको छ।
© 2026 All right reserved to arthanepal.com | Site By : Sobij